म्याग्दी। नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताएका छन् ।
नेपाली काँग्रेस म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता महतले सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया तत्काल थालनी हुनुपर्नेमा जोड दिए।
एक वर्षअघि नेपाली काँग्रेसको समर्थनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्दा दुई दलबीच भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको काम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा केही सुधार गर्ने कोसिस भए पनि अझै ठोस् र स्पष्टरूपमा आउन नसकेको प्रवक्ता डा महतको भनाइ थियो ।

June 18, 2025, Jyotishsanchar press

