काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु असार ५ गते बन्द हुने

काठमाडौं । नेपाली काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरु असार ५ गतेका दिन बन्द रहने भएका छन् ।

बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले असार ५ गतेका दिन केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै महामन्त्री गगनकुमार थापाले असार ४,५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको बताउनु भयो ।

पूर्वउद्योगमन्त्री एवं नेपाली काँग्रेसका नेता ढुण्डिराज शास्त्रीको गत सोमबार उपचारका क्रममा निधन भएको थियो । उहाँको निधनमा शोक मनाउँदै काँग्रेसले असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

Nepali Congress

June 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको