काठमाडौं । इजरायल र इरानबीचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
समाजले बुधबार काठमाडौँस्थित इजरायल दुतावास र इरानी वाणिज्य दुतावास अगाडी शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो । मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो । समाजका सभापति रेनुका पौडेलले इजरायली दुतावास अगाडी आधा घण्टा र इरानी वाणिज्य दुतावासमा पनि आधा घण्टा प्रदर्शन गरेको बताउनु भयो ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताउनु भयो । उहाँले इजरायलले पहिले यो युद्ध शुरु गरेको कारणले इजरायलले शान्तिको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

June 18, 2025, Jyotishsanchar press

