काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ ।
बुधबार सिंहदरबारमा सम्पन्न बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गरेको थियो ।

June 18, 2025, Jyotishsanchar press

