काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलनलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्व तयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद् नआउँदासम्म त्यसको तयारीका लागि ध्यान त्यति नदिने र विपद् आइसकेपछि त्यसको तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्न बाध्य हुनुपर्ने प्रचलन रहेको बताउनु भयो ।
तयारी नभएकै कारणले विपदबाट ठूलो क्षति भोग्नुपर्ने परिस्थितीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन, कानून तथा अन्य प्राविधिक,समान र सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । अध्यक्ष दाहालले विपद् र त्यसबाट हुने क्षतिको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्धस्तरमा लाग्न अपिल गर्दै निर्देशनसमेत दिनुभयो ।

June 20, 2025, Jyotishsanchar press

