संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सूचीबाट हट्नु दुःखद्

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली बमोजिम निर्धारण भएपनि सूचीबाट हटाइनु दुःखद् भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नियमावलीमै व्यवस्था भएको विषयमा रास्वपाले अर्घेल्याई गर्नु दुःखद् भएको बताउनुभएको हो । संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पुर्याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूची हेरफेर गर्नुभएको उहाँको दाबी थियो ।

उहाँले अध्यागमन प्रणाली र भिजिट भिषा प्रकरणमा प्रमुख प्रतिपक्षी दलसँग भएको दुई बुँदे सहमतिमा सबै कुरा समेटिएको दाबी गर्दै अब रास्वपाले मागेको के हो भन्दै प्रश्न गर्नुभयो ।

1750410052 Wfxqq

June 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको