धुलिखेल नगरपालिकाकाे सत्रौं अधिवेशन सम्पन्न

धुलिखेल । धुलिखेल नगरपालिकाले बिहीबार एक समारोहका बीच २०८१/८२ मा गरिएका कामहरुको समीक्षा गर्दै सत्रौं अधिवेशन सम्पन्न गरेको छ।

धुलिखेलमा प्रधानमन्त्री रोजगार र मेयर गरिबी निवारण कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन हुनुका साथै लघुउद्यम विकासले रोजगार प्रवर्द्धनमा सघाएको छ । कृषिमा माैरी, बेमौसमी तरकारी, सुन्तला पकेट क्षेत्र, उन्नत बीउ बिजन प्रयोग, माटो परीक्षणलाई उच्च प्राथमिकतामा राखी सेवा प्रवाह गरिएको छ।

धुलिखेल नगरपालिकाकाे सभाकक्षमा मेयर अशाेक बेञ्जुकाे अध्यक्षतामा भएको नगरसभामा नगरका उपप्रमुख निराजन जङ्गमले वार्षिक नीति तथा कार्यक्रम र प्रगति समीक्षा प्रस्तुत गर्नुभएको हो ।

सभामा प्रस्तुत प्रतिवेदनले चालू आर्थिक वर्ष ०८१/८२ मा बियोजित रकम ९० करोड ९५ लाख भएकोमा जेठ मसान्तसम्म ५२ करोड ५४ लाख खर्च भएको देखाइएको छ । जसमा चालूतर्फ मात्रै ४० करोड ५२ लाख ९ रूपैयाँ भएको छ । नगरको पूँजीगत खर्चतर्फ १२ करोड १ लाख ९५ हजार भएको छ । यो कुल बजेटकाे ५८ प्रतिशत बित्तीय प्रगति हो ।

नगरले आर्थिक वर्ष ०८१/८२ मा ८६ करोड ३४ लाख १२ हजार आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । नगरले धुलिखेललाई स्वस्थ शहरको रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल हुनुलाई महत्वपूर्णउपलब्धी हासिल गरेको मानेको छ । नगरलाई प्रविधीमैत्री बनाई शिक्षाको क्षेत्रमा स्नातक तहसम्म नि:शुल्क अध्ययनको ब्यवस्था गरेको छ ।

नगरपालिकाले सत्रौं नगर सभा ( बजेट अधिवेशन) मार्फत गत आर्थिक वर्ष २०८१/८२ काे नीति तथा कार्यक्रम, याेजना तथा बजेट र खर्चकाे सम्बन्धमा तयार गरिएको प्रगति समीक्षा प्रस्तुत गरिएको छ ।

502375381 24821922324074994 5161608691149649488 N

June 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको