शनिबार पनि प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ ।

Samsad Dhwxq1liyl

June 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको