उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झन्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो ।

आयोगमा राजनीतिक दलबाट दुई, विज्ञमध्येबाट तीन सदस्य (एक महिला) मनोनयन प्रक्रिया पनि अघि बढेको जनाइएको छ । आयोगमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायत सदस्य हुनुहुन्छ ।

आयोगले सेवा प्रदायक निकायको भौतिक तथा मानवीय संरचना, कार्यविधि र प्रविधि सेवामैत्री बनाउने, निर्णय प्रक्रियामा ढिलासुस्ती नगर्ने, नतिजामूलक र कार्यसम्पादनमा दोहोरोपन हुन नदिने, तहगत एवं निकायगत अन्तर–समन्वय सुनिश्चित गर्ने कार्यक्षेत्र पाएको छ ।

Prime Minister Office

June 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको