‘कुलिङ अफ पिरियड’ संसदीय छानबिन समितिले बिहीबार राज्य व्यवस्था समितिसँग छलफल गर्ने

काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सभापति खतिवडासँग बयान लिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संसदीय विषेश समितिका सभापति जीवन परियारले संघीय निजामति विधेयकको दफा ८२ को बारेमा आवश्यक छानबिन भइरहेको बताउनु भयो । उहाँले बैठकमा श्रव्यदृश्य सामग्री सुनेर सरोकारवाला व्यक्तिहरुको पहिचान गरेको पनि बताउनु भयो ।

सभापति परियारले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं सचिव, कानून मन्त्रालयका सचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव लगायत कानून निर्माण तथा प्रतिवेदन लेखनमा सहभागीहरुसँग सोधपुछ गरेको पनि बताउनु भयो । उहाँले बिहीबार बिहान संघीय निजामति विधेयक टुंग्याउन गठित उपसमितिका सभापति दिलेन्द्रप्रसाद बडूलगायत उपसमिति सदस्यसँग छलफल हुने बताउनु भयो । लगत्तै दिउँसो १ बजे राज्य व्यवस्था समितिका सदस्यहरुसँग छलफल गरिने उहाँको भनाइ छ ।

Rajya Samiti

July 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको