काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको थियो।

