मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको उद्योगमन्त्रीको दाबी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दाबी गर्नुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो दाबी गर्नुभएको हो । उहाँले जाँदै गरेको आर्थिक वर्षमा आर्थिक सूचकांकहरूले अर्थतन्त्रमा सुधार भएको देखाएको बताउनु भयो ।

राज्यले निजी क्षेत्रका लागि व्यवसायमैत्री वातावरण निर्माण गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रबाट अपेक्षा गरिएको योगदानप्रति सरकार जानकार रहेको पनि बताउनु भयो । उहाँले उत्पादन र उत्पादकत्वमा वृद्धि गरी निर्यात बढाउने कुरामा सरकार लागि परेको पनि बताउनु भयो ।

विदेशी वस्तुको आयातमा नियन्त्रण गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री भण्डारीको जिकिर छ।

1752676299 Spwnz

July 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको