प्रतिताेला ३०० ले बढ्याे सुनकाे मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला ३०० ले बढेकाे हाे ।

बुधबार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार रुपैयाँ कायम भएकोमा आज १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैंयाँले बढेकाे छ । बुधबार २ हजार २६० रुपैयाँ कायम भएकोमा आज भने प्रतिताेला २ हजार २६५ कायम भएकाे छ ।

Gold

July 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको