प्रधानमन्त्रीलाई गगन थापाको आग्रहः ‘सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस्’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पटक अब एक वर्ष मेरो त्यसपछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गर्नुभएको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको पनि बताउनु भयो ।

उहाँले शुरुमा दुई वटा पार्टी मिलेर राम्रो कामको शुरुवात गरेपनि अहिले बरालिएको बताउनु भयो । अहिले सरकार खाली दिन गनेर बस्ने जस्तो मात्रै भएकाे टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताउनु भयो । ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताउँदै उहाँले काँग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने बताउनु भयो ।

1752753526 Ipwet

July 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको