पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढ्दै गएको बताउनुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकारसम्बन्धी विषयहरुमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद्जन्य जोखिमलाई न्युनिकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

सबैले सचेतनापूर्वक विपद्जन्य जोखिमको न्युनिकरणमा लाग्न जरुरी रहेको बताउँदै उहाँले विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काममा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो । पूर्वसूचना प्रणालीको विकास गर्न पनि आवश्यकता रहेको बताउनु भयो । गृहमन्त्री लेखकले विपद् भइसकेपछि प्रतिकार्यको काममा पनि गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।

1752753194 Itoag

July 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको