काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको बताउनुभएको छ।
सचिवालय बैठकका क्रममा पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेतृ भण्डारीले सार्वजनिकरुपमै एमालेको सदस्यता नवीकरण गरेको र पार्टीमा सक्रियरुपमा राजनीति गर्ने घोषणा गरिसक्नुभएको अवस्थामा पार्टीले यसबारेमा छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गर्नुभयो । पार्टीमा सक्रिय हुने घोषणापछि अब पार्टीले उचित स्थान दिनुपर्ने उहाँले बताउनु भयो ।

July 18, 2025, Jyotishsanchar press

