विद्यमान कानूनहरुको कार्यान्वयन गर्न नसके बाल अधिकार थप संकटमा पर्छः सहसचिव बुढा

काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले नेपालमा बाल अधिकारसम्बन्धी पर्याप्त कानून भएपनि कार्यान्वयनको अवस्था धेरै कमजोर रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सहसचिव बुढाले यस्तो बताउनुभएको हो । तीन तहको सरकारबीच समन्वयको अभाव तथा राजनीतिक हस्तक्षेपका कारण बालबालिकासम्बन्धी नीतिहरु कार्यान्वयन हुन नसकेको बताउनु भयो । उपलब्ध कानूनको समयमै प्रभावकारी कार्यान्वयन गर्न नसके बाल अधिकार थप संकटमा पर्ने उहाँको भनाइ छ । सहसचिव बुढाले बालबालिकासम्बन्धी ऐन मस्यौदा लेखनको क्रममा रहेको उल्लेख गर्दै छिट्टै समितिमा पठाइने पनि बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण बालबालिकामा परेको असर नियन्त्रण तथा डिजिटल सुरक्षाको विषयमा समेत मन्त्रालय गम्भीर भएर लागिररहेको बताउनु भयो ।

बालबालिकाको अधिकार संरक्षण गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै सहसचिव बुढाले कानूनी प्रतिवद्धता पूरा गर्ने सवालमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।

1753089711 Wakoa

July 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको