प्रतिताेला ४०० ले बढ्याे सुनकाे मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला ४०० ले बढेकाे हाे ।

आइतबार छापावाल सुन एक तोलाको १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । आइतबार २ हजार २८५ रुपैयाँ कायम भएकोमा आज पनि प्रतिताेला २ हजार २८५ नै कायम भएकाे छ ।

Gold

July 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको