काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये काँग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनु भयो ।

काँग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापीरुपमा बुझाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । काँग्रेस सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद भएको पार्टी भएको बताउनु भयो । काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनसके बहुमत प्राप्त गर्ने पार्टीका रुपमा अघि बढाउन सकिने जरुरी रहेको बताउनु भयो ।

1753097936 Suk9k

July 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको