काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको अहिलेको राजनीति बीपी कोइरालाले अपनाउनुभएको राजनीतिको जगमा उभिएको बताउनुभएको छ।
मंंगलबार ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाको संघर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितीमा ल्याएको बताउनुभएको हो । पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर संघर्ष गरिरहनुभएका बीपी राष्ट्रियता कमजोर भयो भनेर स्वेदश फर्कनु चानचुने कुरा नभएको उल्लेख गर्नुभयो ।
देउवाले आफूहरू राजनीतिका कठीन दिन भोगेर र संर्घष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन काँग्रेस बलियो बन्नुपर्ने धारणा राख्नुभयो । बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुने उहाँको भनाइ थियो ।

July 22, 2025, Jyotishsanchar press

