काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरुले राख्नुभएको बताउनुभएको छ ।
केन्द्रिय कमिटीको बैठकमा मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा आफ्नो धारणा राख्नुहुने अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गर्नुभएको बताउनु भयो । उहाँले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गर्नुभएको बताउनु भयो ।
प्रमुख सचेतक बर्तौलाले आजै बैठक समापन गर्ने तयारी भइरहेको बताउनु भयो ।

July 22, 2025, Jyotishsanchar press

