यौनबर्द्धक र रक्सी छुटाउने नक्कली औषधि बरामद

काठमाडौं । औषधि व्यवस्था विभागले नक्कली औषधि उत्पादन तथा विक्री वितरण गर्नेमाथि निगरानी बढाएको छ ।

सामाजिक सञ्जालमा विज्ञापन राखेर राजधानीका विभिन्न ठाउँबाट अवैधरुपमा औषधि उत्पादन तथा विक्री वितरण कारबाही गर्न विभागले सक्रियता बढाएको हो । सोही क्रममा बालाजु र सितापाइलामा अवैध औषधि उत्पादन तथा विक्री वितरण भइरहेको भेटिएको छ ।

विभागले औषधि उत्पादनमा प्रयोग भएका सामग्री र औषधिजन्य अन्य सामान जफतसमेत गरेको छ । विभागका औषधि व्यवस्थापक किरण बज्राचार्यका अनुसार दर्ता नभएका तथा अनलाइनमार्फत नक्कली औषधि बिक्री वितरण भइरहेको सूचनाका आधारमा विभागले पछिल्लो १०–१५ दिनदेखि लोकेसन ट्रयाक गर्दै कारबाही प्रक्रिया अगाडि बढाइरहेको बताउनु भयो ।

विभागले औषधिको आधिकारिकता पुष्टि नगरी कुनै औषधि खरिद–विक्री नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

1753192342 Sto5g

July 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको