नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको आज ४७औँ स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदैछ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

विसं १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमार्क्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीहरुले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछन् ।

Puspalal Ifzk8opiig

July 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको