मदन पुरस्कारका लागि ‘सर्ट लिस्ट’ मा परे सात पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले ७ उत्कृष्ट पुस्तकको सुची सार्वजनिक गरेको छ ।

नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मानिने ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट गरी सार्वजनिक गरेको हो ।

मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २ सय ९९ पुस्तकहरूबाट उत्कृष्ट ७ को संक्षिप्त सूची सार्वजनिक गरेको हो । जुन पुस्तक मध्ये एउटाले मदन पुरस्कार प्राप्त गर्न सक्नेछ ।

522435287 122159808152468679 4389957125529727423 N.jpg
522435287 122159808152468679 4389957125529727423 N.jpg

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्।

जसअनुसार पुरस्कार छनौटका लागि ‘सर्ट लिस्ट’ मा परेका पुस्तकहरूमा उरमाल – छुदेन काविमो, छालबाटोः कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल, दर्ज्यु संलाप – कुमारी लामा, पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा, बहुरुपी – श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा, हिउँको गीत – तीर्थ गुरुङ रहेका छन् ।

Madan Puraskar

July 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको