५.१७ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौं । बुधबार नेप्से ५.१७ अंकले बढेर २ हजार ९७८.८८ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से बुधबार पनि हरियोमै कायम रहन सफल भयाे ।

४४ लाख ८६ हजार १५९ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा आज ९८ वटा कम्पनीका शेयरको मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेको देखिएन ।

ट्रेड टावर, सान्भी इनर्जी, ग्रिन भेन्चर लगायतको लगायतको शेयरमा उच्च वृद्धि देखिँदा कारोबारका हिसाबले हिमालयन रिइन्स्योरेन्स र शिवम सिमेन्ट सबैभन्दा अगाडि रहन सफल भए ।

समग्र बजार पुँजीकरण ४ खर्ब ९७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने फ्लोट पुँजीकरण १ खर्ब ६९ अर्ब २६ करोड रुपैयाँ नाघेको छ ।

Share

July 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको