काठमाडाैँ । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिलाई थन्क्याएर राखेका भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद थानीले संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर बुझाएको विधेयकमाथि मुल समितिमा छलफल नगरिएको भन्दै आपत्ति जनाउनुभएको हो । अहिले अख्तियारसम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । सांसद थानीले सँगै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयकले कानूनको रुप लिईसक्दा पनि अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राख्नुको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले विधेयकमाथि छलफल गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

July 24, 2025, Jyotishsanchar press

