वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तिमगरले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्मविपरीत चलेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद घर्तिमगरले यस्तो आरापे लगाउनुभएको हो । उहाँले सरकार नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै तिव्र आलोचना गर्नुभयो । उहाँले विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा उपेक्षित हुँदै गएको भन्दै गम्भीर चिन्ता गर्नुभयो ।

सरकारमा सहभागि दलहरुले सर्मथन फिर्ता लिदा समेत सरकारले जनतालाई स्थायित्वको भ्रममा राखिराखेको उहाँको टिप्पणी छ । प्रधानमन्त्रीले संसदलाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको उहाँको आरोप छ । उहाँले संसद जनताको भरोसा नभई सत्ताको थिएटर बन्न पुगेको टिप्पणी गर्नुभयो ।

1753349898 01rln

July 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको