एक सय ६५ युवा सांसद्वारा शपथ ग्रहण

काठमाडौँ । देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

त्यस अवसरमा प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषिलगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकामा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले कुर्सीका लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्नेमा जोड दिइन् । सांसदहरू देश बनाउनका लागि क्रियाशील रहनुपर्ने उनको भनाइ थियो । क्याप्टेन विजय लामाले कुनै पनि पद वा बर्दी नक्कली हुन नसक्ने उल्लेख गदै पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले दुःख पाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित युवा सांसदहरूलाई ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्धिसागर मरासिनी र सञ्चारकर्मी राजन कुइँकेलले प्रमाणपत्र तथा ब्याच वितरण गरेका थिए ।

Samsad X4qvdbslv0

July 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको