नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक सिद्धान्तमा आइसकेः देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकता अनुसार गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरुका बारेमा छलफल भइरहेको बताउनु भयो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरुले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुपमा काम गरिरहेको बताउनु भयो ।

सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लोस्तरमा पुग्न नसकेको स्वीकार गर्नुभयो ।

1753441766 Mzwcv

July 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको