काठमाडौँ। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेड्खानीका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समितिको म्याद थपसम्बन्धी सभामुख देवराज घिमिरेले प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेको हो । असार २३ गते बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे भएको छेडखानीको अध्ययन र छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक एक जना रहेका छन् ।

July 25, 2025, Jyotishsanchar press

