पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तालाई विद्या भण्डारीको आब्हान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नवीकरण गरिसकेको बिषय अनावश्यक विवादमा ल्याएको बताएकी छिन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै बसेको आफ्ना बारेमा एमाले केन्द्रिय समितिले गरेको निर्णय ‘अपरिपक्व’ भएको भन्दै नेतृत्वको कुनै लालसा नभएको पनि बताएकी छिन् ।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन, मैले बोलेको पनि थिइनँ, सञ्चारमाध्यममा ल्याइएपछि यो कुरा बोल्न बाध्य भएको हुँ’ उनले भनिन्।

एमालेको सदस्यको रूपमा ४५ वर्षदेखि काम गरिरहेको जनाउँदै उनले फेरी पार्टीप्रति प्रतिबद्ध भएको जानकारी दिइन् । ‘त्यसैले पार्टीप्रतिको आशा, सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि मिल्दैन,’ उनले भनिन्।

‘म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,’ उनले भनिन्, ‘पार्टी बनाउन म र मजस्ता हजारौंको हात छ।’

1753438183 31lr4

July 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको