काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गर्नुभयो । काँग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरुले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको बताउनु भयो ।
एमालेमा पनि वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखा परेको जिकिर गर्दै उहाँले एमाले मदन भण्डारी र जबजको आधारमा टिकेको तर पछिल्लो समय जबजको प्रश्तावक र प्रवर्द्धक को हो भन्नेमै विवाद शुरु भएको बताउनु भयो । पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारीका रुपमा आफूलाई प्रश्तुत गर्नुभएको बताउनु भयो । अध्यक्ष दाहालले अहिले वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नुभयो ।

July 26, 2025, Jyotishsanchar press

