पाँच वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दैछ।

अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित विषयमा छलफल हुनेछ। चालु आवको बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था र आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका बारेमा समितिमा छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा विज्ञसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। लेखा समितिको बैठकमा ‘महालेखा परीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदन’उपर छलफल हुनेछ।

यस्तै, कृषि सहकारी समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्व्यन अनुमगन तथा मूल्याङ्कन समिति (संयुक्त)मा सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीसम्बन्धमा छलफल हुनेछ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

July 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको