सुनकाे मूल्य एक हजार एक सयले घट्याे

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन अघिल्लाे दिनकाे तुलनामा प्रतिताेला १ हजार १०० ले घटेकाे हाे ।

शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेकाे छ । शुक्रबार २ हजार ३४० रुपैयाँ कायम भएकोमा आज प्रतिताेला २ हजार २९० कायम भएकाे छ । याे अघिल्लाे दिनकाे तुलनामा ५० रुपैंयाँले घटेकाे हाे ।

Gold

July 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको