२३.९३ अंकले घट्याे नेप्से परिसूचक

काठमाडौं । लगातार आठ दिनको बृद्धिपछि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अंकले घटेर २ हजार ९५८.७१ बिन्दुमा रोकिएको छ । कारोबारको सुरुवाती समयमा नेप्से बढ्दै ३ हजार १३.१७ बिन्दुसम्म पुगेपनि त्यसपछि भने घट्न सुरु गरेको थियो ।

सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्सेमा कुल २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएकामध्ये १८६ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सान्भी इनर्जीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। यस्तै फाइनान्स समूह २.२२ प्रतिशतले घट्दा विकास बैंक समूह सूचकमा भने १.०६ प्रतिशतको सुधार देखिएको छ।

Nepse Down

July 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको