संघीय संसदका विभिन्न पाँचवटा समितिका बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन् ।

सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र कानून, न्याय तथा मानवअधिकार समितिका बैठक बस्न लागेका हुन् ।

सबै समितिका बैठक बिहान १० देखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित आआफ्नै सभा कक्षमा बस्नेछन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गर्ने तयारी छ ।

यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मानवअधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व.२०८२/०८३–२०८६/०८७ को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

July 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको