काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा छ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा छ।
आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा छ भने अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा छ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा थियो।
यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

July 29, 2025, Jyotishsanchar press

