काठमाडौं । पछिल्लो साढे ३ महिनामा विपद्सम्बन्धी घटनामा परी ११२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाखदेखि आजसम्म ११२ जनाको मृत्यु भएको जनाएकाे हो।
यसबीचमा बाढी, पहिरो, वर्षा, आगलागीलगायत २ हजार ४५६ घटना भएको प्राधिकरणले जनाएको छ। घटनामा ५३४ जना घाइते भएका छन् भने २० जना बेपत्ता रहेका छन्।
विपद्का घटनाबाट ४ हजार ५०४ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

July 29, 2025, Jyotishsanchar press

