काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउनेभन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताउनुभएको छ।
शुक्रबार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताउनु भयो ।
नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्यभन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने बताउँदै उहाँले नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउनेभन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने दाबी गर्नुभयाे । त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।

August 1, 2025, Jyotishsanchar press

