मोरङ । कोसी प्रदेश सरकारको शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम ‘कोसी प्रदेश सरकार विराटनगर, नेपाल’ हुनेगरी संशोधन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विगतमा रहेको ‘कोसी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबोर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
त्यसैगरी, कोसी प्रदेश सरकारको तथ्यांकसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि कोसी प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय र कार्यालयहरूमा कर्मचारीको अस्थायी दरबन्दीलाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताए ।

August 2, 2025, Jyotishsanchar press

