सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक नेपालमा

काठमाडौं । सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएकाे छ। यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । कोभिड १९ का कारण सुस्ताएको पर्यटन आवागमनमा ९९ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८८२ जना पर्यटक आएका छन् । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट आएका छन् । भारतबाट २७ हजार १५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रोमा चीनबाट ६ हजार ८९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६२६ जना (९.४ प्रतिशत), बंगलादेशबाट चार हजार ४१३ जना (६.३ प्रतिशत) र बेलायतबाट तीन हजार ५४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

Tourist Mustang

August 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको