लोकतन्त्र र संविधान नमान्नेहरुले नै संसद अवरुद्ध पारेकाे प्रधानमन्त्रीकाे आराेप

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरुले मात्रै संसद अवरुद्ध गरिरहेको बताउनुभएको छ।

आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद नचाहिएकाहरुले मात्रै संसदमा अवरोध सिर्जना गरेको बताउनु भयो ।

अराजकता र राजा चाहिनेहरुले नै अहिले संसदमा अवरोध गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले संसदभित्रै पसेर संस्दीय व्यवस्था भत्काउने र आगो बाल्ने सोच भएकाहरुबाट वर्तमान शासन प्रणालीमा समस्या उत्पन्न भएको जिकिर गर्नुभयो ।

1754210117 Leecn

August 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको