बागमतीका मुख्यमन्त्री लामाद्वारा राजीनामाकाे घाेषणा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकाे घाेषणा गरेका हुन्।

२०८१ साउन ९ गते मुख्यमन्त्री बनेका लामाले एक वर्ष सरकारको नेतृत्व गर्दै संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि आइतबार राजीनामाकाे घाेषणा गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

राजीनामाकाे घाेषणा गरे पनि उनले भाेलि मात्रै प्रदेश प्रमुख दीपक देवकाेटालाई राजीनामा बुझाउने बताएका छन् ।

Bahadur Sing Lama

August 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको