भिजिट भिसा प्रकरणमा सभामुख सरकारपक्षीय बनेको राप्रपाको आरोप

काठमाडौँ । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सभामुखको भूमिकामाथि प्रश्न उठाउनुभएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रधानले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाउनुभयाे । उहाँले भिजिट भिसा आफैँमा समस्या नभई सरकारको नियतमा समस्या रहेको बताउनु भयो ।

भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिहरूले आवाज उठाउँदा कार्यकारी तहबाट संविधान विरोधी भनेर खारेज गर्न खोजिएकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले भिजिट भिसा प्रकरणका कारण संसदमा रहेको विवाद समाधानका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।

Dhurba Bdr Pradhan

August 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको