काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी असल भावना र संस्कार सिकाउने पार्टी भएको बताउनुभएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले असल भावना, संस्कार सिकाइ त्यसतर्फ प्रेरित गर्ने पार्टी नै नेकपा (एकीकृत समाजवादी) भएको जिकिर गर्नुभयो । समाजलाई रुपान्तरण र परिवर्तन गर्ने पार्टी एकीकृत समाजवादी भएको उहाँको दाबी छ ।
समाजमा रहेका गरिबी, अभाव, पछौटेपन, अन्याय, अत्याचार, दुराचार, जातीय भेदभाव, दलितमाथिको छुवाछुतको विरोधमा आफ्नो पार्टी रहेको बताउनु भयो । आफूहरु न्यायको निम्ति लड्ने, समानता खोज्ने, सुख र समृद्धिका लागि लड्ने पार्टी भएको बताउँदै उहाँले नयाँ पुस्तासँग आफ्नो पार्टीको चुनाव चिन्ह कलमको प्रचार गर्न पनि आह्वान गर्नुभयो ।

August 4, 2025, Jyotishsanchar press

