प्रतिनिधि सभा: विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता अनुमोदन

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकले सम्झौतालाई अनुमोदन गरेको हो । विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रश्ताव बहुमतले पारित गरिएको सभामुखले घोषणा गर्नुभयो ।

सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । प्रश्तावउपर सांसदहरुले आफ्ना धारणासमेत राखेका थिए । सांसदहरुको धारणापछि बोल्दै मन्त्री भण्डारीले डब्ल्युटिओबाट नेपाल सरकारलाई पनि यसमा सहमति जनाउन प्रश्ताव आएको र सोहीअनुसार प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

Samsad

August 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको