वागमतीका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाँले लिए शपथ

काठमाडौँ। वागमती प्रदेशको छैठौं मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार बानियाँलाई मुख्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बानियाँलाई काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरि ६४ जना सांसदको समर्थन छ। कुल ११० सदस्य रहेको वागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यहरूले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान गरिएको थियो । सोही आह्वान अनुसार बानियाँले हिजो नै दाबी पेश गर्नुभएको थियो । निःवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले १८ साउनमा राजीनामा दिएपछि बानियाँले १९ साउनमा मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । आफ्नै पार्टीबाट राजनीतिक दबाब बढ्दै गएपछि लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।

बानियाँको नेतृत्वमा ८ जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् जसमा नेपाली काँग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुमा शिवराज अधिकारी मन्त्रालयपछि तोकिने र कृष्णकुमार तामाङ खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय रहेका छन् । त्यसैगरी सत्ता साझेदार नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ। प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्ति भएसँगै बुधबार मन्त्रिपरिषद् गठन गरिने जनाएको छ।

1754381318 O0fcn

August 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको