सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Gold

August 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको