भारतको बाढीमा नेपाली पनि परेकाे घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । हाल तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरप्रति चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले सो बाढीमा १७ जनाभन्दा बढी नेपाली पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् ।

उनीहरूको उद्धारको लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Kp Oli Pm Vwoom5k8sj

August 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको