प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

तुर्कमेनिस्तान । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् ।

उनी केहीबेर अघि तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका हुन् ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः०५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।रासस

Oli Wkg6zt635h

August 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको